साउदीबाट १७ नेपालीको चित्कार - भेडाबाख्राजस्तै थुनेका छन्, उद्धार गरियोस , १ शेहर गरी सरकारलाई दबाब दिन सहयोग गर्नुहोस।



साउदीबाट १७ नेपालीको चित्कार - भेडाबाख्राजस्तै थुनेका छन्, उद्धार गरियोस

काठमाडौँ, ७ मंसिर – वैदेशिक रोजगारीका लागि साउदी अरब गएका १७ नेपाली युवकले आफूहरूको उद्धारका लागि सरकारसँग याचना गरेका छन् । साउन ४ गते साउदी पुगेका ती युवा साउदीको अल्कासिम बदैया भन्ने ठाउँमा अलपत्र छन् ।
काठमाडौँको कुपण्डोलस्थित सिनेट इन्टरनेसनल वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत साउदीको होटलमा काम गर्न भन्दै त्यहाँ पुगेका उनीहरूलाई अहिलेसम्म कम्पनीले काम नदिएपछि उद्धारका लागि आफन्तमार्फत आग्रह गरेका हुन् ।
साउदी जानुपूर्व सिनेट नामक वैदेशिक रोजागर कम्पनीलाई प्रतिव्यक्ति एक लाखदेखि एक लाख २० हजार रुपियाँसम्म बुझाएर गएका युवालाई साउदीको कम्पनीले दुई/चार दिनपछि काम दिने भन्दै चार महिनासम्म बन्धक बनाएर राखेको पीडित युवाको गुनासो छ । साउदीमा यसरी अलपत्र पर्नेमा सोलुखुम्बु, पर्सा, बारा, रोल्पा, कास्की, स्याङ्जा, चितवन, दाङ, गोरखा, धनुषाका युवा रहेका छन् ।
साउदीको होटलमा काम गरेबापत प्रतिव्यक्ति नौ सय रियाल अर्थात् नेपाली रुपियाँ २५ हजार कमाई हुने भन्दै साउदी पुगेका युवामध्येका एक अनन्त राईले गोरखापत्रसँगको फोनसम्पर्कमा ‘अब जसरी हुन्छ हामी नेपाल फर्कन चाहन्छौैँ, हामीलाई छिटोभन्दा छिटो स्वदेश फर्किने वातावरण बनाइदिनुहोस्, अब यहाँ काम पाइन्छ भन्ने विश्वास नै लाग्न छाडिसक्यो,’ भने ।
उनले भने, ‘साउदी कम्पनीको मालिक फैसल भन्ने व्यक्तिले हाम्रो पासपोर्ट लगायतका कागजपत्र नियन्त्रणमा लिएर प्रतिव्यक्ति खानेबस्ने खर्च भनेर केही रकम दिएर एउटै सानो कोठामा १४ जनालाई भेडाबाख्रा जस्तै गरी राखेको छ । साउदीको अल्टासिम वैदया भन्ने दुर्गम ठाउँमा छौँ, कुनै नेपालीसँग पनि सम्पर्क हुँदैन । नेपाली दूतावासमा पनि फोन गरेको उठेन, जानका लागि हामी भएको ठाउँभन्दा धेरै टाढा छ भनिन्छ ।’
कम्पनीले चाँडै नै काम लगाउने भन्दै राखेर चार महिनासम्म कुनै काम नदिई अहिले उल्टै ‘सकेको गर्’ भनेर धम्की दिनेगरेको पीडित राईले सुनाए । उनका अनुसार अलपत्र परेका नेपाली युवाले आफूहरूलाई साउदी पठाउने वैदेशिक रोजगार कम्पनीलाई काम नपाएको पटक–पटक जानकारी गराउँदासमेत बेवास्ता गरेको
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment