गत वर्ष १०४ देश सम्मिलित सूचिमा नेपाल ५८ औँ स्थानमा थियो भने नेपालले सूचकांकमा कुल २२.२ अंक पाएको थियो । यस हिसाबले नेपालले भोकमरीको खतरा घटाउने दिशामा प्रगति गरेको देखिएको छ । भोकमरीको जोखिमको हिसाबले नेपालको अवस्था दक्षिण एसियामा सबैभन्दा सन्तोषजनक रहेको प्रतिवेदनले देखाएको छ । नेपालमा भन्दा दक्षिण एसियाका अन्य मुलुकहरुमा भोकमरीको अवस्था अझै गम्भीर रहेको देखिएको छ । दक्षिण एसियामा श्रीलंका ८४ औँ स्थानमा छ भने भारत ९७ औँ स्थानमा छ । त्यस्तै बंगलादेश ९० औँ र पाकिस्तान १०७ औँ स्थानमा रहेका छन् । दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा तल अर्थात् १११ औँ स्थानमा रहेको छ । भुटान र माल्दिभ्सलाई भने उक्त सूचकांकमा समावेश गरिएको छैन ।
विश्व भोकमरी सूचकांकमा नेपाल ७२ औं स्थानमा (पुरा पढ्नुहोस)
विश्व भोकमरी सूचकांकमा नेपाल ७२ औँ स्थानमा परेको छ । कूल १ सय १८ वटा विकाशशील राष्ट्र सम्मिलित उक्त सूचकांकमा नेपाल दक्षिण एसियाली मुलुकहरुमा सबैभन्दा राम्रो अवस्थामा रहेको देखिएपनि सूचकांकको हिसाबले नेपालमा भोकमरीको अवस्था भने नाजुक नै रहेको पाइएको छ ।
सूचकांक अनुसार नेपालमा कुल जनसंख्याको ७.८ प्रतिशत कुपोषित रहेको देखिएको छ । त्यस्तै पाँच वर्ष भन्दा कम उमेरका बालबालिकामा चरम कुपोषणको दर ११.३ प्रतिशत रहेको छ । त्यस्तै पाँच वर्ष मुनिका बालबालिकामा पुड्कोपनाको दर ३७.४ प्रतिशत र पाँच वर्ष मुनिका बालबालिकामा मृत्युदर ३.६ प्रतिशत रहेको छ । भोकमरी सूचकांकमा नेपालले कुल २१.९ अंक पाएको छ ।
गत वर्ष १०४ देश सम्मिलित सूचिमा नेपाल ५८ औँ स्थानमा थियो भने नेपालले सूचकांकमा कुल २२.२ अंक पाएको थियो । यस हिसाबले नेपालले भोकमरीको खतरा घटाउने दिशामा प्रगति गरेको देखिएको छ । भोकमरीको जोखिमको हिसाबले नेपालको अवस्था दक्षिण एसियामा सबैभन्दा सन्तोषजनक रहेको प्रतिवेदनले देखाएको छ । नेपालमा भन्दा दक्षिण एसियाका अन्य मुलुकहरुमा भोकमरीको अवस्था अझै गम्भीर रहेको देखिएको छ । दक्षिण एसियामा श्रीलंका ८४ औँ स्थानमा छ भने भारत ९७ औँ स्थानमा छ । त्यस्तै बंगलादेश ९० औँ र पाकिस्तान १०७ औँ स्थानमा रहेका छन् । दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा तल अर्थात् १११ औँ स्थानमा रहेको छ । भुटान र माल्दिभ्सलाई भने उक्त सूचकांकमा समावेश गरिएको छैन ।
गत वर्ष १०४ देश सम्मिलित सूचिमा नेपाल ५८ औँ स्थानमा थियो भने नेपालले सूचकांकमा कुल २२.२ अंक पाएको थियो । यस हिसाबले नेपालले भोकमरीको खतरा घटाउने दिशामा प्रगति गरेको देखिएको छ । भोकमरीको जोखिमको हिसाबले नेपालको अवस्था दक्षिण एसियामा सबैभन्दा सन्तोषजनक रहेको प्रतिवेदनले देखाएको छ । नेपालमा भन्दा दक्षिण एसियाका अन्य मुलुकहरुमा भोकमरीको अवस्था अझै गम्भीर रहेको देखिएको छ । दक्षिण एसियामा श्रीलंका ८४ औँ स्थानमा छ भने भारत ९७ औँ स्थानमा छ । त्यस्तै बंगलादेश ९० औँ र पाकिस्तान १०७ औँ स्थानमा रहेका छन् । दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा तल अर्थात् १११ औँ स्थानमा रहेको छ । भुटान र माल्दिभ्सलाई भने उक्त सूचकांकमा समावेश गरिएको छैन ।

0 comments:
Post a Comment