१७ तस्बिरमा हेर्नुहोस् धुर्मुसको गिराउन्चौर नमुना बस्ती

सिन्धुपाल्चोक –सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ८ गिराउन्चौरमा एकीकृत नमुना बस्ती बनाइरहेको धुर्मुस–सुन्तली फाउन्डेसनले आउँदो कात्तिक १२ गते ६५ भूकम्प प्रभावित परिवारलाई घर हस्तान्तरण गर्ने तयारी गरेको छ । गत बैशाख १२ गतेदेखि थालिएको एकीकृत बस्ती निमार्णको काम कार्तिक १२ मा पूरा गरेर हस्तान्तरण गर्न लागिएको हो ।dhurmus-basti-2


घर निर्माणको काम अन्तिम चरणमा पुगेको सीताराम कट्टेल धुर्मुसले बताए । उनका अनुसार दशैका बेला ६५ घरका सदस्य तथा स्वंयसेवकहरु दशैं मनाउन लागेकोले केही दिन काम प्रभावित भएको थियो । दशै सकिएलगत्तै घर निमार्णको बाँकी काम द्रुत गतिमा अघि बढेको धुर्मुसको भनाई छ ।
एकीकृत बस्तीमा भूकम्पप्रतिरोधी ६५ वटा घर, सामुदायिक भवन, चिल्ड्रेन पार्क, पार्किङ क्षेत्र, खानेपानी तथा सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

dhurmus-basti-1

घर निर्माण सकिएपनि सडक, धारा तथा बगैचा निर्माणको काम भने जारी रहने उनको भनाई छ । ३० रोपनी जमिनमा तामाङ समुदायका ४०० जना अट्ने गरी बस्ती निर्माण गरिएको छ ।
बस्तीमा रहेका घरहरु भूकम्पका साथै पहिरो प्रतिरोधी समेत रहेको छ । पहिरो जानसक्ने सम्भावित स्थलमा पर्खाल लगाइएको छ ।
नमुना बस्तीमा भूकम्प, पहिरो प्रतिरोधी हुनुका साथै बाल, बृद्ध तथा अपाङ्गमैत्री समेत रहेको धुर्मुसले बताए ।
घरहरुका अपाङ्गता भएकाहरु सजिलै ह्वीलचेयरबाट भित्र जान सक्ने बनाइएको छ । कार्तिक १२ मा घर हस्तान्तरणका लागि दशैका बेला पनि धुर्मुससहितका स्वयंसेवकले कस्सिएर काम गरेका थिए ।

dhurmus-basti-11



dhurmus-basti-7


dhurmus-basti-5
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment