पोर्चुगलमा भयानक सडक दुर्घटना, दुई नेपाली युवाको घटनास्थलमै मृत्यु

पोर्चुगल, १३ कात्तिक । पोर्चुगलमा पाकिस्तानी नागरिकले चलाएको सवारी साधन दुर्घटना हुँदा नवलपरासी र बागलुङ घर भएका दुई युवकको मृत्यु भएको छ ।

कात्तिक ११ गते बिहीबारका दिन बिहान साढे १ बजे पोर्चुगलको भिला नोभा दि मिलफोन्तेसबाट साँओ तेतोनियोतर्फ जाँदै गर्दा ओदिमिरा राष्ट्रिय मार्गमा सवारी साधन दुर्घटना हुँदा अनिल थापा र सन्तोष सापकोटाको मृत्यु भएको एनआरएन पोर्चुगलले जनाएको छ ।


थापा नवलपरासी जिल्ला, गैंडाकोट नगरपालिका– १६ अमरापुरी निवासी हुन् । सापकोटा बागलुङ जिल्ला, रिघा गाविस– ३ ठूलोरिघाका स्थायी बासिन्दा हुन् ।

पाकिस्तानी नागरिकले चलाएको सवारी साधनको गति अत्याधिक रहेका कारण असन्तुलित भै सडकबाट बाहिर उछिट्टिएर रुखमा ठक्कर खाँदै दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ । सापकोटा र थापाको घटनास्थलमै मृत्यु भएको थियो ।

थापा र सापकोटाको शवलाई पोष्टमार्टमको लागि पोर्चुगलको बेजा अस्पतालको लिगल मेडिसिन एवम् फोरेन्सिक डिपार्टमेण्टमा राखिएको छ । उनीहरू अन्तिम दाहासंस्कारका लागि प्रक्रिया पूरा गर्न नेपाली कन्सुलर मकर हमालले पहल थालेको जनाइएको छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment