हेटौंडाको नापी कार्यालयमा आगलागी : ३६ घाइते

हेटौँडा । जिल्ला नापी कार्यालय मकवानपुरमा आगलागी भएको छ । दमकलको सहायतामा जनपथ, सशस्त्र प्रहरी, नेपाली सेना र सर्वसाधारणले  करिब दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रमुख एसपी मीरा चौधरीले बताइन् ।


आगलागीमा परी कर्मचारी तथा सेवाग्राही गरी १९ जना घाइते भएका छन्। हेटौँडाको कान्तिराजपथस्थित भाडाको घरको दोस्रो तल्लामा रहेको कार्यालयमा आगलागी भएपछि आत्तिएर हाम फाल्ने अधिकांश घाइते भएका छन् ।

केही आगोको धुवामा निसास्सिएर घाइते भएको एसपी चौधरीले बताइन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

कार्यालयको तल्लो तलामा रहेको होटलमा रहेको ग्याँस लिक भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

आगलागीका कारण नापी कार्यालयका महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउँन बाँकी छ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment