भारतले पाँच अर्ब डलरको डिफेन्स सिस्टम रुससँग किन्ने

मस्को–भारत र रुसबीच शनिबार ५ अर्ब डलरको रक्षा सम्झौतामा हस्ताक्षर हुने भएको छ। सो सम्झौतापछि भारतलाई जमीनबाट हावामा मार हान्न सक्ने एस–४०० मिसाइल आपूर्ति गर्न बाटो खुल्ने भारतीय संचारमाध्यले जनाएका छन्। संचारमाध्यमका अनुसार   सो सम्झौतामा हस्ताक्षर गोवा आयोजना हुने ब्रिक्स सम्मेलनका क्रममा हुने छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सो सम्झौता पहिला रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग  छलफल गर्ने बताइएको छ।
भारतीय संचारमाध्यमका अनुसार एस–४०० मिसाइद विरोधी सिस्टम मस्कोको सबैभन्दा विकसित एअर डिफेन्स सिस्टम हो। भारतले त्यस्ता पाँचवटा सिस्टम खरिद गर्न रुची देखाएको छ। रक्षा मन्त्रालयले यी मिसाइल सिस्टम खरिद गर्न डिसेम्बरमा नै अनुमति दिएको थियो।

रुसले एअर डिफेन्स सिस्टमलाई सिरियामा तैनाथ गरिसकेको छ। यो सिस्टममार्फत सिरियाली राष्ट्रपति बसर अल असलको समर्थनमा रुसले बम बर्षा गरिरहेको छ। सो सिस्टममार्फत सय किलोमिटरसम्म एकसाथ ३०० कारकेटलाइ पछ्याउन सकिन्छ भने तीन दर्जन मानिसलाई निसाना बनाउने सकिने संचारमाध्यमले उल्लेख गरेका छन्।
रुसी विशेषज्ञका अनुसार एस–४०० एअर डिफेन्स मिसाइलमार्फत अमेरिकी लडाकु विमान एफ–३५ जस्तै पाँचौं पिडीको विमानलाईसमेत खसाल्न सकिने छ। चीनपछि सो सिस्टम खरिद गर्ने भारत दोस्रो मुलुक हो।



Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment