जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

सुरुङ्गा (झापा), २२ कात्तिक । जङ्गली हात्तीको आक्रमणबाट झापामा आज एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् ।

मृत्यु हुनेमा बाहुनडाँगी–२ निवासी ६० वर्षीय मनहरि ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


 जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्युबिहान घर नजिकै घाँस काट्न जाने क्रममा उहाँलाई जङ्गली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । उहाँलाई घरनजिकैको चिया बगानमा हात्तीले आक्रमण गरेको बताइएको छ ।

त्यस्तै उहाँसँगै घाँस काट्न गएका सोही ठाउँका ६२ वर्षीय लम्बबहादुर प्रधान हात्तीको आक्रमणमा परी घाइते हुनुभएको छ । हात्तीको आक्रमणमा परी उहाँको दाहिने हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment