बिदेशमा काम गर्ने नेपाली दाजुभाई–दिदिबहिनीले यसरी धानेका छन् नेपालको अर्थतन्त्र ,रोजगारका लागि विदेश जानेको संख्या घट्दा पनि तीन महिनामा देश भित्रियो एक खर्ब ७१ अर्ब ८० करोड रेमिट्यान्स

काठमाडौं , ४ मंसिर । नेपाल राष्ट्र बैकले चालुु आर्थिक बर्षको पछिल्लो तीन महिना अर्थात असोज मसान्तसम्ममा एक सय ७१ अर्ब ८० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी दिएको छ । शुुक्रवार मुलुकको पछिल्लो आर्थिक अवस्था सम्वन्धी प्रतिवेदन सार्वजनिक गर्दे राष्ट्र बैकले उक्त जानकारी दिएको हो । जानकारी अनुसार यो बृद्धिदर गत आर्थिक बर्षको तुुलनामा तीन दसमलव दुई प्रतिसतले मात्र बढी हो । राष्ट्र बैकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २४ प्रतिशतले वृद्धि भएको थियो । खुद ट्रान्सफर आय भने एक दसमलव पाँच प्रतिशतले वृद्धि भई एक सय ९४ अर्ब ४८ करोड रुपैयाँ पुगेको राष्ट्र बैकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७ दसमलव तीन प्रतिशतले बढेको थियो । पछिल्लो समय बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या घटेसंगै डलर मुल्यमा आएको उतारचढाव र खाडी राष्ट्रहरुले आर्थिक मन्दीका कारण नेपाली कामदारको संख्यामा कटौती गरेपश्चात रेमिट्यान्स आप्रवाहमा पनि कमी आएको जानकारी राष्ट्र बैकले दिएको छ । -
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment