यस कारण मोटाउँछन् विहेपछि महिला र डिभोर्स पछि पुरुष




साधरणतया पुरुषहरुको रोजाईमा मोटि भन्दा स्लिम युवतीनै मनपराउने गर्छन् । तर जतीनै स्लिम युवती भए पनि प्राय बिबाह पछि मोटाउने हुन्छन् ।  आखिर बिबाह पछि अधिकांस युवती किन मोटाउंछन् भन्ने बिषयमा अमेरिकामा गरिएको पछिल्लो अनुसन्धानले विहेपछि महिलाहरु मोटाउने र सम्बन्ध विच्छेदपचिई पुरुषहरु मोटाउने यस्तो तथ्य पत्ता लगाएको छ ।  ओहायो विश्वविद्यालयमा गरिएको अनुसन्धानले यस्तो देखाएको हो ।

महिलाहरुले विहेपछि आफ्ना पतिको वा कर्मघरका मान्छेहरुको बढि सेवा सुश्रुषा गर्नुपर्ने हुन्छ , जसका कारण उनीहरुले आफ्नो सरीरको तन्दुरुस्तीको लागि समय दिन पाउँदैनन् । बिहेपछि महिलाहरु बढि आत्मविश्वासी बन्ने र आफ्नो जिउडाल र सुन्दरताको मामिलालाई कम मात्र महत्व दिने गरेकाले पनि सरिर मोटाउँदै जाने अनुसन्धानकर्ताहरु बताउँछन् ।

अध्ययनकर्ताहरुले पुरुषहरु भने विहेपछि दुब्लाउने र डिभोर्सपछि मोटाउने गरेको बताउँछन् । विहेपछि पुरुषहरुले मानसिक मात्र होइन शारीरिक रुपमै बढि उर्जा खर्च गर्नुपर्ने हुन्छ । अर्को कुरा बिहेपछि पुरुषहरु आफ्नो तन्दुरुस्तीको मामिलामा समेत महिलाको भर पर्छन् त्यसैले जब डिभोर्स पछि उनीहरु एक्ला हुन्छन् उनीहरुलाई व्यायामको होस हुँदैन र मोटाउँछन् ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment