प्रधानमन्त्री प्रचण्डलाई खुला पत्र



सम्माननीय

प्रधानमन्त्रीज्यू,

कुशल छौँ, कुशलताको कामना गर्दछौँ । हाम्रो नेपालमा जनता कुशल हुन आवश्यक हुँदैन । नेताहरु कुशल भए पुग्छ । नत्र फेरि देशको ढुकुटी रित्तिन्छ । १० बर्षको जनयुद्धपछि जंगलबाट गाउँमा वा जनतासीत घुलमिल हुन सक्नुभएको हजुरलाई भेट्न धेरै ठूलो प्रयास भयो ।विडम्बना नसकेर आजै चिठीमार्फत हजुरलाई भेट्ने आशा प्रकट गर्दैछु । पहिलोपटक हजुर प्रधानमन्त्री हुँदा मलाई आफ्नो मन खुशीले गद्गदाएर भेट्ने प्रयास गरेकी थिएँ ।




मलाई हजुरलाई लगेर घुम्न जान मन छ । नेपालकै विकट जिल्लाहरुमा मुगु, जुम्ला, हुम्ला, डोल्पा आदि । हजुरसंगै मलाईपनि भेट्ने मन छ । त्यहाँका आमा बुवा भाईबहिनी र यूवा वर्गहरुलाई । अनि बुझ्न मन छ उनीहरुको पीँडा र वेदना । हजुरसंगै बसेर सुन्न मन छ ।




विडम्बना म एक गरिब किसानकी छोरी न पैँसा, न शक्ति खाली भेट्ने आशा र निरन्तर प्रयास रहिरह्यो । मेरो निरन्तर आशसंगै छिटो–छिटो प्रधानमन्त्री फेरिने क्रम पनि निरन्तर जारी रहिरह्यो । मलाई विश्वास थियो कि हजुर फेरि प्रधानमन्त्री बनेर आउनुहुन्छ र मैँले अवश्य पनि भेट्ने मौका पाउँछु । आज त्यही दिन आएको छ । फेरि मेरा सपनाहरुलाइ साकार पार्न समयले साथ दिएको छ ।




मलाई हजुरलाई लगेर घुम्न जान मन छ । नेपालकै विकट जिल्लाहरुमा मुगु, जुम्ला, हुम्ला, डोल्पा आदि । हजुरसंगै मलाईपनि भेट्ने मन छ । त्यहाँका आमा बुवा भाईबहिनी र यूवा वर्गहरुलाई । अनि बुझ्न मन छ उनीहरुको पीँडा र वेदना । हजुरसंगै बसेर सुन्न मन छ ।प्रधानमन्त्री प्रचण्डलाई खुला पत्र




भेटपछिको हाम्रो फर्किने निर्णयमा भने ती स–साना भाईबहिनी र त्यहाँका युवा वर्गलाई राजधानीमा ल्याएर राजधानीका विद्यालयमा भर्ना गरी हजुरलाई चाहीँ कुटो र कोदालो थमाउने मन छ ।




मलाई यो पनि विश्वास छ बर्तमान प्रधानमन्त्री अवश्य पनि सक्नुहुन्छ कुटो र कोदालो गर्न । किनकी उहाँले १० बर्ष जनयुद्ध त सफल पार्न सक्नुभयो भने कुटो र कोदाले उहाँका लागि सामान्य हो । सत्य कुरा गरिरहँदा प्रधानमन्त्रीज्यूलाई आफ्नो खेदो खनेको आभाष हुन सक्ला । त्यस्तो नसोच्न आग्रह गर्दै अन्यथा यसरी लिएमा सरकार जनताप्रति बफादार छैन भन्ने प्रमाणित हुने छ ।




मलाई हजारौँ बच्चाको आमा बन्नु छ । त्यसैले यो देशका कुना कन्दरामा रहेका आमाबुवाको मायाबाट बञ्चित भएका ती कलिला मूनाहरुलाई आमाबुवाको मायाको अभावको आभाष हुन दिने छैन ।




सम्माननीय प्रधानमन्त्रीज्यू मलाई विश्वास छ, हजुरलाई मसंग ती विकट जिल्लाहरुमा गएर कुना कन्दरामा अन्धकारको जालोमा रुमलिरहेका ती कलिला मुनाहरुलाई भेट्ने समय त पक्कै नहोला ।




किनकी हजुरलाई भारतसंग सोधेर जानुपर्ने हुन्छ । के थाह भारतले नजाने पो भन्दिन्छकि । त्यसैले मसंग जान अनुरोध गर्न सकछु अनिवार्य भन्न सक्दिँन । सम्माननीय प्रधानमन्त्रीज्यू मलाई हजुरको साथ चाहिन्छ ।




किनकी मलाई हजारौँ बच्चाको आमा बन्नु छ । त्यसैले यो देशका कुना कन्दरामा रहेका आमाबुवाको मायाबाट बञ्चित भएका ती कलिला मूनाहरुलाई आमाबुवाको मायाको अभावको आभाष हुन दिने छैन ।




हजुरले भने आफ्नो ठाउँबाट उनीहरुलाई शिक्षाको ज्योतीले फुलाउने अनि फक्राउने काममा सहयोग गर्न नितान्त जरुरी छ । यदि हजुरले त्यसो गर्नुभयो भने मलाई विश्वास छ आजसम्म हजुरले गरेको गल्ती वा पाप त्यसैमा पगालिने छ र हजुरलाई पाप पखाल्न चार धाम गएर तिर्थ ब्रत गर्नुपर्ने छैन ।




हजुरलाई थाह छैन होला फ्रान्समा चुनाव आउँदा सबै नेताहरु आफ्ना कार्यकर्तालाई पछाडि लगाएर व्यक्तिगत खर्च गर्दै भोट माग्न हिँडेका थिए हाम्रो नेपालको जस्तै ।




यही कुरालाई मनन् गर्दै हजुरले ती अनाथ बालबालिकाहरुलाई सहयोग गर्नुभयो भने हजुर एक निष्ठावान् र सफल राजनेता हुनुहुनेछ ।




तर एकजना भने आफ्नो पम्प्लेट बोकेर जनताको दैलोमा पुग्दै उनीहरुको हातमा पम्प्लेट थम्याउँदै हिँडिरहेको बेला एकजना साधारण व्यक्तिले त भन्नुभयो ‘तपाई एक्लै हिँड्नुभएको छ आफ्नो भोटको लागि, किन तपाइँसंग तपाइको कार्यकर्ता छैनन् ?’ उहाँले भन्नुभएको थियो ‘आज मैँले कार्यकर्तालाई पछाडि लगाए भने मैँले पाल्नुपर्छ, त्यति गर्दा पनि मैँले चुनाव जितिन भने मलाई पछुतो हुनेछ । यदि जिते भनेपनि म भ्रष्ट हुनेछु ।’




यदि यही कुरालाई मनन् गर्दै हजुरले ती अनाथ बालबालिकाहरुलाई सहयोग गर्नुभयो भने हजुर एक निष्ठावान् र सफल राजनेता हुनुहुनेछ भन्ने पूर्ण विश्वासका साथ भेट र सहयोगको आशा प्रकट गर्दै निरन्तर चलिरहेको कलमको टुप्पोलाई बिश्राम दिन्छु ।




उही तुल्सी आचार्य (शितल)

सुर्खेत
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment