संसारको पहिलो रेष्टुरेन्ट जहाँ निःशुल्क खान पाइन्छ

हिमाञ्चल प्रदेशको एउटा होटल आजकाल निकै चर्चित छ । गोपाल होटल एण्ड रेष्टुरेन्ट नामक यो रेष्टुरेन्टमा शहिदको परिवारले निःशुल्क खाना खान पाउँछन् । रेष्टुरेन्टमा उपलब्ध सबै खानेकुरालाई शहिदको परिवारसँग एक रुपैयाँ नतिरी खान पाउनेछन् । यदि उक्त रेष्टुरेन्टमा आराम साथ बस्न चाहन्छन् भने पनि यसका लागि उनीहरुले रकम तिर्नुपर्दैन ।


यसका साथै यो रेष्टुरेन्टमा सैनिक र उनका परिवारलाई हरेक खानेकुरामा ५० प्रतिशत छुट दिइएको छ ।

होटलको यस्तो अफरलाई धेरै मानिसहरुले नाम कमाउनका लागि यस्तो गरेको बताएका छन् । तर होटल मालिकले भने आफूले यस्तो गर्नुका पछाडि अर्कै उद्देश्य भएको बताए । उनले भने, ‘सैनिक र उनको परिवारलाई हौसला प्रदान गर्नका निमित्त हामीले यो अफर ल्याएका हौं ।’संसारको पहिलो रेष्टुरेन्ट जहाँ निःशुल्क खान पाइन्छ

छुट पाउनका लागि यसो गर्नुपर्नेः
सैनिक पोसाकमा आएकालाई खानामा पूरा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने पोसाक बिना नै आउनेलाई २५ प्रतिशत छुट दिइएको छ । होटलको तर्फबाट दिइएको यो अफर आजकाल निकै चर्चित बनेको छ । सैनिकलाई सम्मानस्वरुप दिइएको यो छुटको अफर पहिलो हो ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment