सलमानसँग रोमान्स गर्न चाहने १९ वर्षीया सायशा को हुन् ?

मुम्बई । बलिउड अभिनेत्री सायशा सहगलले आफ्नो मनपर्ने कलाकार सलमान खान भएको बताएकी छिन् । उनले खानलाई मनपर्ने कलाकार मात्र भनेकी छैनन् सलमानसँगै रोमान्स गर्ने इच्छा समेत व्यक्त गरेकी छिन् ।

सलमानसँग रोमान्स गर्न चाहने अभिनेत्री सायशा अजय देवगणको फिल्म ‘शिवाय’वाट बलिउडमा प्रवेश गरेकी हुन्। अजय देवगणको चलचित्रबाट बलिउड प्रवेश गरेपनि उनले सलमान धेरै मन पर्ने खुलासा गरेकी हुन् ।
बलिउड अभिनेता सुमित सहगलकी छोरी एवम् दीलिप कुमारकी नातिनी सायशाले सलमानलाई हजुरबाको जन्मदिनको अवसरमा पहिलो पटक भेटेकी थिइन । उनले जब सलमानलाई भेटिन तब सोचिन, ‘म बलिउडमै करिअर बनाउँछु ।’
अजयसँग काम गरे पनि उनले सलमानलाई फोन गरेर सोध्ने गर्छिन्, ‘म त्यो चलचित्रमा काम गरौँ कि नगरौँ रु’ सायशाको सलमानसँग उमेरको दूरी लामो छ । तर, उनी सलमानको प्रशंसा मात्र गर्दिनन् उनीसँग अनस्क्रिनमा रोमान्स गर्न चाहन्छिन् । उनले भारतीय मिडियासँग भनेकी छिन्, ‘सलमान मेरो फेभरेट हुन् । उनी निक्कै सानदार छन् । म उनीसँगै अनस्क्रिन रोमान्समा रमाउन चाहन्छु ।’
अजयसँग फिल्म बनाइरहेकी सायशाले अजयको समेत ताफिर गर्न भने छुटाएकी छैनन् । उनी अजयलाई अनुभवी ठान्छिन् । उनलाई अजयको नयाँ कलाकारलाई माया गर्ने भावना मन पर्छ । उनले अजयको समेत प्रशंसा गर्दै भन्छिन्, ‘अजय देबगण सर्वश्रेष्ठ कलाकार हुन् ।’
उनी अजय प्रतिभाशाली निर्देशक भएको समेत बताउछिन् । भर्खरै १९ वर्ष पुगेकी सायशाले सलमानसँग रोमान्सको प्रतिक्षा मात्र गरेकी छैनन् । उनीसँगै चलचित्र खेल्ने दिन समेत कुरिरहेको बताएकी छिन् ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment