सामसुङ नेपालले ग्यालेक्सी जे ५ प्राइम र ग्यालेक्सी जे ७ प्राइम गरी दुईओटा मिड रेन्जका स्मार्टफोनहरु नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी जे ५ र जे ७ २०१६ भर्सनमा केही परिमार्जन सहित समसुङ्ले यी दुई मोडेलहरु सार्वजनिक गरेको हो ।
ग्यालेक्सी जे ५ प्राइममा ५ इन्चको टिएफटी डिस्प्ले (१२८०×७२०) रहेको छ भने २.५ डि कोर्निङ गोरिल्ला ग्लास ४ को सुरक्षा छ । प्रोसेसरलाई अप्ग्रेड गरेर सामसुङको लेटेस्ट एक्जोनोस ७५७० र्ड कोर १.४ गिगाहर्ज प्रोसेसर प्रयोग गरिएको छ ।
फोनका अन्य फिचरहरुमा २ जिबी र्याम, १६ जिबी इन्टर्नल स्टोरेज, २५६ जिबीसम्म एसडी कार्ड सपोर्ट, १३ मेगापिक्सल रियर क्यामेरा, ५ मेगापिक्सल फ्रन्ट क्यामेरा रहेको छ । जे ५ प्राइमको बजारमूल्य रु २२ हजार ९ सय ९० रहेको छ ।
यसैगरी, ग्यालेक्सी जे ७ प्राइममा ५।५ इन्चको फूल एचडी टिएफटी डिस्प्ले रहेको छ । जे ७ प्राइममा पनि २.५ डि कोर्निङ गोरिल्ला ग्लास ४ प्रोटेक्स छ । प्रोसेसर भने ग्यालेक्सी जे ७ २०१६ भर्सनमै प्रयोग गरिएको एक्जोनोस ७८७० अक्टा कोर १.६ गिगाहर्ज प्रोसेसर छ । तर, र्याममा अप्ग्रेड गर्दै ३ जिबी पुर्याइएको छ । जे ७ प्राइमको बजारमूल्य रु २९ हजार ४ सय ९० रहेको छ ।
यस्ता फिचर छन् सामसुङ ग्यालेक्सी जे ५ र जे ७ प्राइममा
Reviewed by adas
on
11:05 AM
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment