ज्यानको बाजी लगाएर गरिएका रिपोर्टिङका १२ तस्बिर




इजराइलमा मिडियाको स्वतन्त्रता खतरामा देखिएको सकिन्छ । त्यहाँका सत्तापक्षले देशका पत्रकारहरुकोे सरकार विरोधी गतिविधीहरुमाथि फेसबुकमार्फत नजर राख्ने बताएको छ । उनीहरुको यो निर्णयले पत्रकारको स्वतन्त्रमाथि पक्कै पनि खलल पुगेको छ । जुन देशमा युद्ध भइरहन्छ र त्यहाँका मिडियाले पत्रकारलाई काम गर्ने पूर्ण स्वतन्त्रता दिँदैन भने त्यहाँको वास्तविक स्थिती देखाउन पत्रकारका लागि ठूलो चुनौतीको विषय हुन्छ ।


धेरै पटक पत्रकारले यसको मूल्य घाइते भएर वा आफ्नो ज्यानै गुमाएर चुकाउनुपर्छ । स्वतन्त्र नेटवर्कको वार्षिक रिपोर्ट अनुसार सन् २०१५ मा संसारभरी १ सय ७२ पत्रकारलाई मारियो । यस वर्ष पनि अहिलेसम्म १० जनाभन्दा बढि पत्रकारको हत्या भइसकेको छ । यहाँ आज हामी तपाईंलाई पछिल्ला वर्षका केही फोटो देखाउँदैछौं जसले फिल्डमा पत्रकारको खतराले भरिएको जिन्दगी देखाएको छ ।


इन्डिपेन्डेन्ट स्क्वायरमा घाइते अवस्थामा रोयटर्सका फोटोग्राफर ग्लेब गेरानिच प्रदर्शनको फोटो खिच्दै



एथेन्समा सिनटेग्मामा ग्रिसकी पत्रकारले एक हिंस्रक प्रदर्शनको बिच गरिरहेको रिपोर्टिङ


रमाल्लाहको पश्चिम बैंकमा रोयटर्सका फोटोग्राफर यानिस बेहराकिसले इजरायली र प्यालेस्टिनीबिच गोलीबारी जारी रहँदा पनि रिपोर्टिङ गरिरहे



चार्ली हेब्दोमा छापिएको मोहम्मदको कार्टुनपछि कराँचीमा भएको प्रदर्शनको क्रममा एएफपीका फोटोग्राफर आसिफ हसनको छातीमा गोली लागेको थियो


गाजा पट्टी र इजरायलको बोर्डर नजिकै रहेको सेनाका बिच झडपको क्रममा महिला पत्रकार रिपोर्टिङ गर्न जाँदा लडेको दृश्य



सन् २००८ मा प्लेस्टाइनका फ्रिलान्स फोटोग्राफर मोआमिनले इजराइली हवाई आक्रमणमा आफ्नो दुबै खुट्टा गुमाए । अहिले उनी ह्विलचेयरमा रिपोर्टिङ गर्छन् ।



रोयटर्स कंगोका संवाददाता डेविड लेविस किन्शासाले मेसिन गन र मोर्टार हमलाबिच रिपोर्टिङ गरिरहेको फोटो


लिबियामा गेटीका फोटोग्राफर क्रिस होन्डोरस र फोटोपत्रकारको समूहको हत्या गरिएको थियो


10journalism-9_1478494172इस्तान्बुलमा ताकसिम स्क्वेयमा झडपको क्रममा पुलिसकर्मीले फोटोग्राफरलाई धक्का दिइरहेको तस्बिर


किवमा पत्रकार ओलेस वुजिनालाई रुस समर्थित विद्रोहीहरुले हत्या गरिदिएका थिए


वेस्ट बैंक सिटीमा भएको झडपबिच रोयटर्स र प्यालेस्टिायनका फोटोग्राफर अबेद ओमर लडेको दृश्य

Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment