नुवाकोटमा वृद्ध दम्पत्तीको हत्या

त्रिशूली (नुवाकोट), २५ कात्तिक । नुवाकोटको लिखु गाविसमा एक वृद्ध दम्पतीको गएराति हत्या

भएको छ । जिल्लाको पूर्वी भागमा पर्ने लिखु–२ मजुवा माथिल्लो टोलका ७० वर्षीय धनबहादुर तामाङ

र उनकी श्रीमती ६५ वर्षीया कान्छी तामाङको बुधबार राति ९ बजेतिर हत्या भएको जिल्ला प्रहरी

कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।




नुवाकोटमा वृद्ध दम्पत्तीको हत्या

तामाङ दम्पतीको छिमेकी २४ वर्षीय रवि तामाङले हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपी

रविलाई प्रहरीले गएराति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय सिक्रेको नियन्त्रणमा राखिएको छ ।

आपसी झैझगडामा मुक्का र ढुङ्गाले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । अहिले बिहान

जिल्लाबाट गएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई जिल्ला अस्पतालमा ल्याउन लागेको

छ । हत्याको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment