वर्ल्डकपमा नेपाली टिम चाडै नै देख्न पाइन्छ,अग्रिम शुभकामना-मेस्सीका शब्द(भिडियो)


काठमाडौं: मकाउलाई हराउँदै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि उचालेको छ। मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा मंगलबार साँझ भएको खेलमा फिफा बरियतामा १० स्थान तल रहको मकाउलाई १-० गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो। योसँगै नेपालले अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गरेको छ।

नेपालका लागि खेलको ३० औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो। भरत खबासले मिलाएको उत्कृष्ट पासमा सुजलले लोभलाग्दो हेडर गोल गरेका थिए।

कुल सात टोली सम्मिलित एएफसी सोलिडारिटी कपमा नेपाल लाओसलाई टाइब्रेकरमा ३-० गोल अन्तरले हराउँदै मकाउसँगको भेट पक्का गरेको थियो।

कुल सात टोली सम्मिलित एएफसी सोलिडारिटी कपमा नेपाल र मकाउ दुवै अपरातित रहँदै फाइनलमा पुगेका थिए । तीन टोली सम्मिलित समूहगत चरणको खेलमा नेपाल समूह ‘ए’ को विजेता बनेको थियो । मकाउ समूह ‘बी’ को विजेता टोली हो ।

सेमिफाइनलमा नेपालले लाओसलाई टाइब्रेकरमा ३–० गोलले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । मकाउले भने सेमिफाइनलमा ब्रुनाईलाई ४–३ गोलले हराएर फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो ।

नेपालले समूहगत चरणको पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेले पनि दोस्रो खेलमा ब्रुनाईलाई ३–० गोलले हराउँदै विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment