काठमाडौं – विप्लव नेतृत्वको माओवादीले फेरि बन्द आव्हान गरेको छ ।
पार्टीका पोलिट्व्यूरो सदस्य ओमप्रकाश पुनले मुलुकमा खाद्य सम्प्रभुताको ग्यारेन्टीका लागि आप्mनो पार्टी नेपाल बन्द गर्न बाध्य भएको बताए । का छन् ।
पुनले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि राज्यले कुनै हालतमा नसुनेपछि आउँदो कात्तिक २८ गते नेपाल बन्दको आयोजना गर्न बाध्य भएको बताए । ‘हामीले पहिलो चोटी खाद्य सम्प्रभुताबारे आन्दोलन थालेका छौं’ पुनले भने, ‘जनताको जीवनसँग जोडिएको विषय भएकाले जनताको साथ र समर्थन पनि पाइने पूर्ण आशा छ ।’
अखाद्य वस्तु आयात गर्ने, मुलुकमै उत्पादन भएको उत्कृष्ट खाद्य निर्यात गर्ने प्रचलनको अन्त्य गर्न सहजै सम्भव नभएकाले आम जनताको व्यापक सहभागितामा खाद्य सम्प्रभुताको सूनिश्चितताको लागि अन्तिम संघर्ष जनताको बाध्यकारी भएको पुनको धारणा थियो ।
‘वर्तमान संविधानको भाग ३ को धारा ३ मा खाद्य सम्प्रभुता सुनिश्चित गरिएको छ भन्ने तर तिनै संविधान निर्माताहरु खाद्य निर्यात र आयातमा कमिशन खाएर अखाद्य बस्तु वितरण गर्नेका विरुद्ध संघर्षको विकल्पै छैन,’ उनले भने ।
यस अघि पनि यो पार्टीले पटक पटक बन्द आव्हान गर्दै आएको थियो ।
फेरि अर्को बन्द !
Reviewed by adas
on
2:53 AM
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment