प्रहरीले ललितपुरको महालक्ष्मीस्थान स्थित जर्नबहादुर राईको घरको डेरामा बसेका सात जनालाई नियन्त्रणमा लिएर लुटिएको बताएको छ । शनिबार बिहान झण्डै तीन बजेतिर एक समूह प्रहरी हुँ भन्दै कोठा भित्र छिरेर ३४ लाख रुपैयाँ र ४४ तोला सुन लुटेर फरार भएको जनाइएको छ ।
लुटेराले डेरामा भएका सात जनाको हात, खुट्टा र मुख बन्धक बनाएर लुटेको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी परेको छ । ललितपुर प्रहरीले अहिले लुटेराहरुको खोजी भइरहेको बताएको छ ।

0 comments:
Post a Comment