१९ मंसिर, काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच १२ बुँदे सहमति भएको छ । र, केसीले २२ दिनदेखि लामो अनसन तोडेका छन् ।
भूकम्पमा परेका अढार्इ बर्षीय बालक मर्साङ तामाङको हातबाट जुस पिउँदै डा. केसीले अनसन तोडेका हुन् ।
चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा डीन वरिष्ठताका आधारमा नियुक्ति लगायतका १० बुँदे माग डा. केसीले अनसन सुरु गरेका थिए । उनका माग समेट्ने गरी शनिबार साँझ सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच १२ बुँदे सहमति भएको छ ।
. केसीको माग अनुसार डिन केपी सिंहले राजीनामा दिएका छन् भने जेपी अग्रवाल डिन नियुक्त भइसकेको छन् ।
सहमति अनुसार अब चिकित्सा एेन कार्यान्वयन नभएसम्म नयाँ मेडिकल कलेज विस्तार वा कुनै पनि नयाँ कार्यक्रम ल्याउन पाउने छैनन् ।
त्रिवि उपकुलपतिको बर्खास्तिको मागबारे अध्ययन गरी सुझाव दिन केदारभक्त माथेमाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ ।
एमबीबीएस अध्ययनका लागि ३८ लाख शुल्क लिन पाउने व्यवस्था गरिएको छ भने उपत्यका बाहिर एमबीबीएस अध्ययन शुल्क ४२ लाख हुनेछ ।
सरकार र डा. केसीबीच १२ बुँदे सहमति, २२ दिन लामो अनसन तोडियो
Reviewed by adas
on
2:16 AM
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment