बाबुको मृत्युपछि बच्चाहरुको बिचल्ली : प्रेम भन्छन – सानी २ वर्षकी बहिनी छ, खान पनि पाईदैन रात दिन रोएर बसेका छौ -

जाजरकोट, मंसिर २० गरिब दुखीका दिन सधै दुख नै दुखमा बित्छन। झन पिछडिएको जाती समाज बाट पछाडि पारिएको दुख को बेला पनि कुनै सहयोग बिनाको नै हुन्छ।

जाजरकोटको पश्चिम पजारुका बुबा मुने कामी गत महिना हृदयघातको कारण मृत्यु भए संगै ४ बच्चाहरु बिचल्लीमा परेको छन् । जसमा ११ बर्षका प्रेम बिक, ८ बर्षकी निर्मला, ६ बर्षका कर्न र सानी २ बर्षकी टिकासरा बिक रहेकी छिन।

गरिव परिवार मै हुर्केका यी बालबालिकाको राम्रोसंग लालान पालन हुन नपाउदै बुबाको मृत्यु भएको हो । अहिले यी बाल बच्चा कुनै ठुलो परिश्रम गरेर खाने उमेर पनि नहुदा बिचल्ली परेका हुन। यिनी हरुको गाउँमा कोहि आफन्त पनि नभएकै कारण खान र बस्न नहुदा समस्यामा परेका हुन् ।

अहिले चिसो मौसमको समयमा ती बाल बच्चा हरुलाई न पेट भरी खाना मिलेको छ त न तातो कपडा न त बस्ने घर नै छ । ११ बर्षीय प्रेम भन्छन “बाबा को मृत्यु भयो ,अहिले हामी चार भाइ बहिनी छौ ।

खान पनि पाईदैन सानी २ बर्षकी बहिनि न त उनी यता उता गर्न नै सक्छिन ,रात दिन हामी रोएर बसेका छौ । कसैको सेवा र सहयोग पाए हाम्रो खाने बस्ने ब्याबस्था हुने थियो ।

यी बच्चाको पिडा दुख लाई सहयोग गर्नु नै धर्म हुनेछ भन्दै सामाजिक अभियन्ता प्रमोद बिश्वकर्माले सबै नेपाली दाजु भाई दिदी बहिनीहरुलाई अपिल गरेका छन्। सहयोग गर्न चाहनेहरुले ९८१८६७००१४ ९७४८०६२२८० नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment