लुम्बिनी अञ्चलमा दुरविनवाट पथ्थरी निकाल्ने ल्यापरोसी सेवा सुरु

रुपन्देही १४ पुस -लुम्बिनी अञ्चल अस्पताल बुटबलमा दुरविनबाट पथ्थरी निकाल्ने पद्धति ल्यापरोसी सेवा सुरु भएको छ ।

अस्पतालको स्तर वृद्धिसंगै विभिन्न सेवा थपहुदै गएको छ । अस्पतालले मेशिन खरिद भएको भएपनि अहिले नयाँ ब्यबस्थापन वाट आजदेखी सेवा सुरु भएको  लुम्बिनी अञ्चल अस्पतालका मेसु डा विकास देकोटाले वताए । अस्पतालका सर्जनहरुको टोलीले सेवासुरु गरेको  मेसुको भनाई छ ।

आज बुटबल १३ देविनगरकी  रितानेपालीले योसेवा लिएको  डा विकास देबकोटाले वताए । विरामीको मागअनुसार  यो सेवा दिईने समेत देवकोटाले वताए । अञ्चल अस्पतालमा सुरु भएको सेवा सर्जरी र गाईनेअपेशनको लागी लाभदायक हुने छ ।

 मेसु देबकोटाका अनुसार अञ्चल अस्पतालमा स्तरवृद्धि भएपछि एनआईसियु मानसिक विभागर मुटुरोग विभाग थपगरि सेवा दिईएको बताए । यसक्षेत्रकै पुरानो अस्पतालमा सेवाथप भएसंग विरामीको चाप समेत बढदैगएको छ ।

यस अस्पतालमा दैनीक १ हजार भन्दा बढीविरामीले  सेवा लिने गरेको अस्पतालको रेर्कडमा उलेख गरिएको छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment