बर्दिवास। एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरीको बर्दिवासमा एकजना पक्राउ परेका छन् । झापा जिल्लाको महेशपुर–१ का २६ वर्षीय विष्णु राजवंशीलाई १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो ।
आजभन्दा २५ दिनअघि मङ्सिर ४ गते अपराह्न राजवंशीले बर्दिवास नगरपालिका–१० स्थित डाँडागाउँकी एक १३ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको प्रहरीले जनाएको छ । घटनालगत्तै फरार भएका राजवंशीलाई मङ्गलबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । राजवंशीविरुद्ध जबर्जस्तीकरणी मुद्दा चलाइने इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
१३ वर्षीया बालिकालाई बलात्कारका आरोपी पक्राउ
Reviewed by adas
on
7:03 PM
Rating: 5
Reviewed by adas
on
7:03 PM
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment