गुल्मीकी १ महिलाले दुई नावालक छोराहरुलाई गाँठी निमोठेर हत्या गरेकी छिन । दुबै सौताका छोरा रहेका थिए। क्रिपया सक्दो शेहर गरौ। महिलालाई अदालतअले जन्मकैदको सजाय सुनाएको छ।

दुई नावालक छोराहरुको हत्या गर्ने महिलालाई जन्मकैद
प्रेम सुनार गुल्मी, पौष–५ । दुई नावालक छोराहरुलाई गाँठी निमोठेर हत्या गर्ने गुल्मीकी एक महिलालाई आज जिल्ला अदालत गुल्मीले सर्वस्व सहित जन्म कैद सजाएँको फैसला गरेको छ ।
२०७२ साल वैशाख ५ गते राती हाडहाडे ९ की २५ वर्षिया शान्त पुनले सौताका छोराहरु ७ वर्षिय विवेक पुन र ५ वर्षि विक्रम पुनको निर्मतापुर्वक घाँटी थिचेर मारेकी थिईन् । हाल सम्म पुर्वक्षका लागि थुनामा रहेकी पुनलाई जिल्ला न्यायधिश मातृकाप्रसाद कोईरालाको विशेष ईजालासले उक्त सजाएँको फैसला आज गरेको सो अदालतका श्रेतेदार दुर्गाप्रसाद वस्यालले जानकारी दिए । मुलुकी ऐन, ज्यान सम्वन्धी महलको १२ ( २ ) र १३ ( ३ ) वमोजिम प्रतिवादी पुनलाई सर्वस्व सहित जन्म कैदको सजाएँ फैसला गरेको उनले बताए ।
श्रीमान विदेश भएको र ति नावालकहरुकी आमा दोश्रो विवाह गरेर गएको मौका छोपी एक वर्ष अघि मात्र विवाह गरेर आएकी पुनले अंश एक्लै खाने नियतका साथ ति दुई नावालकहरुको हत्या गरेको बताईएको छ । राती एउटा छोरालाई हत्या गरे पछि अर्का सुतेका छोराले पोल खोली दिने डरले उसलाई पनि घाँटी च्यापेर मारेको उनले उति वेलै प्रहरी संग वयान दिएकी थिईन् ।
कान्छो छोरा निदाए जस्तो गरेर डराउँदै निदाए जस्तो गरेको वेला उनले घाँटे च्यापेको बताई रहँदा ति निर्दयी आमालाई साराले धिक्कार्दै आएका थिए । मारेर रातभरी भित्र राखिएका ति छोराहरुलाई करेण्ट लागेर मरेका हुन् भन्ने पार्न उनले माथील्लो तलाको ढोका छेउँमा रहेको मिटर बक्समा जानी नजानी तार जोडेर वाहिर ल्याई उनिहरुको शवमा तार छुवाएकी थिईन् ।
लक्सारै भुईमा ढलाईएको ति वालकहरुको शव देखाउँन उनले छिमेकीलाई गुहारेकी थिईन् । उक्त घटना गुल्मी जिल्लाको सव भन्दा बढि निर्दयी घटना मानिन्छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment