कैलालीमा आपसी घरायसी झैझगडा हुँदा श्रीमतीद्वारा श्रीमानको घाँटीमा बन्चरो प्रहार गरी हत्या ::



कैलाली,  । आपसी घरायसी झैझगडा हुँदा श्रीमतीले श्रीमान्को घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेकी छिन् ।

कैलालीको घोडाघोडी नगरपालिका– ६ शीतलपुर बस्ने २५ वर्षकी लक्ष्मी विष्टले सोमबार आफ्ना श्रीमान् ३२ वर्षीय लालबहादुर विष्टको घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रहरीले श्रीमान् र श्रीमतीबीच घरायसी झै–झगडा हँुदै गर्दा बन्चरोको प्रहारबाट उक्त घट्ना भएको भनी अनुसन्धानमा खुलेको जनाएको छ ।

हत्या गरी भागेकी श्रीमतीलाई भने घोडाघोडी नगरपालिकाकै थुम्की भन्ने स्थानबाट पक्राउ गरी नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

यसैगरी घरमा बनाएको लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि एक महिला जीवन मरणमा परेकी छिन्
कैलालीको अत्तरिया नगरपालिका– १० बाँसखेडाकी सुनिता चौधरीले घरमा बनाएको लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि उपचारमा लापरबाहीका
कारण उहाँको स्वास्थ्य जोखिममा परेको छ ।

चौधरीको एसिडले आन्द्रा पोलिसकेको अवस्थामा चिकित्सकले त्यसैमा इन्डोस्कोपी गर्दा झनै ठूलो घाउ भएपछि अवस्था चिन्ताजनक भएको उनका श्रीमान् हेमराज चौधरीले बताउनुभयो ।

उपचारका लागि सेती अञ्चल अस्पताल पु¥गाएकी चौधरीलाई अस्पतालमा रहेको इन्डोस्कोपी मेसिन बिग्रिएको भन्दै सिटी पोलिक्लिनिकमा लगिएको थियो ।

सिटी पोलिक्लिनिकका डाक्टर मेराज आलम अन्सारीले इन्डोस्कोपी गरेलगतै उनको अवस्था झन चिन्ताजनक भएको परिवार जनले आरोप लगाएका छन् । रासस
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment