पाँच नम्बर प्रदेश टुक्राउन नदिने भन्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक



मोहन पौडेल

परासी ४ पुस । पाँच नम्बर प्रदेश टुक्राउने गरि सरकारले ल्याएको संविधान संसोधनको विरुद्ध आन्दोलन गरिरहेको संयुक्त सघर्ष समिति परासीले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

पुस १, २ र ३ गते आमहडताल गरेको संघर्ष समितिले आज परासीमा पत्रकार सम्मेलन गरि थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रम नागरिकलाई प्रत्यक्ष असर गर्ने खालको नभई शान्तिपुर्ण तथा रचनात्मक रहेको संघर्ष समितिले जनाएको छ । समितिका अनुसार भोली पुस ५ गते नवलपरासीको परासी क्षेत्रमा युवा तथा विद्यार्थीको सम्लग्नतामा सिठ्ठी जुलुस प्रर्दशन गर्ने, पुस ६ गते विभिन्न स्थानमा महिलाको जुलुस प्रर्दशन, पुस ७ गते उद्योगी व्यवसायी तथा बुद्धिजिविको सहभागितामा जुलुस प्रर्दशन गर्ने, पुस ८ गते मोटरसाईकल र्याली गर्ने, पुस ९ गते पुर्व पश्चिम राजमार्गमा एक घन्टा अवरोध गर्ने र पुस १० गते विभिन्न स्थानमा राष्ट्रिय झण्डा सहित पाँच नम्बर प्रदेश टुक्राउन नदिने शपथग्रहण गर्ने कार्यक्रम घोषणा गरिएको छ ।

नेकपा एमाले परासी जिल्ला संगठन कमितिका सहसंयोजक थानप्रसाद गैरे, नेकपा मालेका जिल्ला संगठन विभाग प्रमुख यादव खनाल, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य शेर बहादुर सुर्यवशी, नेकपा माक्र्सवादीका राष्ट्रिय परिषद् सदस्य दुर्गादेवि नेपाल द्धारा संयुक्त हस्ताक्षरित विज्ञप्तीमा विगतमा गरिएका आन्दोलनलाई सहयोग र समर्थन गर्ने सवैमा धन्यवाद ज्ञापन गरिएको छ भने आगामी कार्यक्रमलाई पनि सहयोग गर्न आग्रह गरिएको छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment