३३ किलो सुन तस्करीमा अर्थमन्त्री महराको नाम जोडियो, यस्तो रहेछ सेटिङ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गएको पुस २१ गते अवैध रुपमा भित्रिएको १५ करोड रुपैयाँ मूल्य पर्ने ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बरामद  गरेपछि धेरै रहस्यहरु एकपछि अर्को गरी खुल्न थालेका छन् ।

अर्थमन्त्री कृष्णबहादुर महराकै सेटिङमा अवैध रुपमा सुन आयात हुने गरेको स्रोतको दाबी छ । ३३ किलो सुन सहित पक्राउ परेका गोपाल शाहीले केही महिनायता ३ सय किलो सुन नेपालमा विमानस्थलबाटै ल्याएको बयान दिएपछि उक्त सुन तस्करीमा अर्थमन्त्री महराको नाम जोडिएको हो ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment