छोकडालाई दूधमा मिलाएर खाएमा शरीरलाई फाइदै फाइदा1
एजेन्सी, जसरी अंगुरको सुख्खा रुप किसमिस स्वास्थ्यको लागि धैरै फाइदा हुन्छ त्यसरी नै खजूरका सुख्खा रुप छोकडा पनि शरीरको लागि फाइदै फाइदा हुन्छ। छोकडामा भरपुर मात्रामा पौष्टिक तत्व रहेको हुन्छ। यसको नियमित सेवन गर्नाले शरीरलाई चाहिने आवश्यक मात्राको फाइबर, आइरन, क्याल्सियम, जिंक, म्यानिसियम पाउन सकिन्छ। यसको प्रयोगले मानिसलाई लाग्ने क्यान्सर, मुटुसम्बन्धी रोग निको हुन सक्छ। यसका साथै वजन कम गर्न पनि मद्दत गर्नेछ। यस्तै यदि यसको प्रयोग दूधमा उमालेर गरेमा झन मानव शरीरको लागि फाइदै फाइदा हुनेछ। किनकी यसमा भिटामिन ए,बी पाउन सकिन्छ। यका साथै छोकडाले शरीरमा सेल्सको निर्माण गर्न मद्दत गर्छ। यसबाट पाइने म्यानेसियमले शरीरमा रहेको सुगरलाई नियन्त्रण गर्ने गर्दछ। जसको कारण मानिसलाई डायबेटिज हुनबाट बचाउँछ। यतिमात्रै नभएर। यसमा डाइट रुपी फाइबर हुने गर्दछ जसले शरीरको पाचन प्रणालीलाई नियमितता कायम गराउने गर्दछ। छोकडालाई दूधमा मिलाएमा यसमा पोटासियमको मात्रा धेरै हुन्छ जसले खादा पेट दुख्ने समस्या समाधान हुन्छ भने डारिया रोक्नेमा समेत काम गर्छ। यदि तपाई शरीरको हड्डी बजबुद बनाउन चाहनुहुन्छ भने दूधमा छोकडा उमाएर सेवन गर्नुस् जसले तपाईलाई फाइबर, आइरन, क्याल्सियम, जिंक, म्यानिसियम प्रदान गर्दछ। यी सबैले तपाईको हड्डीलाई निक्कै मजबुदी बनाउछ।
0 comments:
Post a Comment