काठमाडौं : एनसेलका ग्राहकले अब मोबाइल डाटा सपोर्ट गर्ने मोबाइलमा सामाजिक सञ्जाल फेसबुक निःशुल्क चलाउन पाउने भएका छन् ।
‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत एनसेलले फेसबुकसँगको सहकार्यमा यो योजना ल्याएको हो । एनसेलले मंगलबार राजधानीमा कार्यक्रम आयोजना गरेरै ‘फेसबुक फ्री’ योजना सार्वजनिक गरेको हो ।
फेसबुक निःशुल्क योजना अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेडका ग्राहकले एन्ड्रोइड मोबाइल एप र ब्राउजर (प्रोक्सी बाहेक) बाट फेसबुकमा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटो अपलोड गर्न, अरूको स्ट्याटस हेर्न, लाइक, सेयर तथा कमेन्ट गर्न सक्नेछन् । फेसबुक फ्री अफर बुधबार (फागुन ४) देखि ९० दिनका लागि हुनेछ ।
एनसेलको यो अफर लागू भएपछि फेसबुक पेजमा ‘गो टु फ्री’ बटन स्वतः देखिने छ । यो बटन क्लिक गर्ने बितिकै, एनसेलका ग्राहकले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न पाउने जानकारी एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले दिए ।
फेसबुकमा अरुले अपलोड गरेका फोटो तथा भिडियो हेर्न र च्याट गर्न भने डाटा शुल्क लाग्ने छ । ‘फेसबुकसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि यो लोकप्रिय सामाजिक सञ्जाल निःशुल्क चलाउन पाउने योजना ल्याएको उनको भनाइ छ ।

0 comments:
Post a Comment