सिके राउत पक्राउ

जनकपुर— राष्ट्र विखण्डनका लागि संगठन चलाउँदै अाएका सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाले पत्रमार्फत् सिके राउतलाई पक्राउ गरी सहयोग गरिदिन अाग्रह गरेपछि धनुषा प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई सिराहा नै पठाइने धनुषा प्रहरी प्रमुख एसपी लालमणि अाचार्यले नागरिकन्युजलाई बताए। जनकपुरको पुरानो बसपार्क नजिकैको डेराबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। सिराहा स्थायी घर भएका उनी जनकपुरमा कोठा भाडामा लिएर उनी त्यहाँ बस्दै अाएका थिए। करिब ३ बजेतिर उनलाई पक्राउ गरिएको हो। राष्ट्र विखण्डन गर्ने तत्वहरुले खुलेअाम संगठन विस्तार र अभिव्यक्ति दिइरहँदा सरकार मुकदर्शक बनेको भनेर अारोप लागिरहेको अवस्थामा सरकारले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सिराहाले पत्रमार्फत् सिके राउतलाई पक्राउ गरी सहयोग गरिदिन अाग्रह गरेपछि धनुषा प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई सिराहा नै पठाइने धनुषा प्रहरी प्रमुख एसपी लालमणि अाचार्यले नागरिकन्युजलाई बताए।


Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment