नवलपरासी । पक्लिहवा ९ सकरविनहीका मिनु मुसहरले आगो लगाएर पत्नीको हत्या गरेको आरोप लागेको छ । उनले शनिबार राती ३३ बर्षीया पत्नी नदेरु मुसहरलाई शरीरमा मटितेल खन्याएर आगो झोसी हत्या गरेको प्रहरीले जनाएको छ ।
जलेर घाइते अवस्थाकी नदेरुको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आइतबार मृत्यु भएको प्रहरीले बताएको छ । उनीहरुको आर्थिक अवस्था कमजोर थियो ।
दुवैले दिनदिनै मादक पदार्थ सेवन गरेर सामान्य विषयमा पनि झगडा गर्ने गरेको स्थानीयले बताएका छन् । उनीहरुका ३ छोरी र एक छोरा छन् । ‘मदरबाबा मेला’ हेर्न गएका छोराछोरी शनिबार राती मामाघरमा बसेका थिए ।अाजकाे नागरीक दैनिकमा खबर छ ।
अागाेले झाेसेर श्रीमतीकाे बिभत्स हत्या
Reviewed by adas
on
7:54 PM
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment