किन लगाइन्छ जनै ? जनै लगाउनु वैज्ञानिक दृष्टिबाट पनि अत्याधिक फाईदाजनक, यस्ता छन् फाईदा


तपाइँ धेरैले देख्नु भएको छ, हिन्दु धर्म मान्ने खासमा ब्राह्मण, क्षेत्रीले बाँयाबाट दाँया काँधमा काँचो धागोको डोरी लगाउने गर्छन् । यहि धागोको डोरीलाई जनै भनिन्छ । हिन्दु धर्ममा जनैको धार्मिक महत्व धेरै नै रहेको पाईन्छ।

हिन्द धर्ममा जनैको विशेष खालको स्थान र महत्व छ तर अब यसका वैज्ञानिक कारणबारे पनि खोज अनुसन्धान भैरहेका छन् । जनैको निर्माण काँचो धागो जोडेर हुन्छ जसमा तीन फेरो हुने गर्छ। तीन फेरोलाई क्रमश: ब्रह्मा, विष्णु र महेशको प्रतिक मानिन्छ। धार्मिक दष्टिबाट जनै धारण गर्नाले शरीर शुद्ध र पवित्र मानिन्छ ।

तपाईलाई थाहा नहोला तर वैज्ञानिक दृष्टिबाट जनै लगाउदा मानिस झनै स्वस्थ रहने पत्ता लागेको छ। यसले हृदय रोगको सम्भावनालाई कम गर्छ। चिकित्सा विज्ञानका अनुसार दाँया कानको नशा अण्डकोष र गुप्तेन्द्रियो सँग जोडिएको हुन्छ। पिसाब फेर्ने समयमा दाँया कानमा जनै राख्नाले शुक्रको रक्षा हुनुको साथै नराम्रो सपना देख्ने पुरुषको लागि दाँया कानमा जनई राखेर सुतेमा नराम्रो सपना देख्ने समस्याबाट मुक्ति मिल्दछ।

कानमा जनै लगाउनाले पेट सम्वन्धि रोग तथा रक्तचापको समस्या बाट बच्न सकिन्छ। यो पनि मानिन्छ कि शरीरको मध्यभागबाट पिठ्युमा जाने एक प्राकृतिक रेखाले विद्युत प्रवाहको काम गर्छ।
यो रेखा दाँया काँधबाट कम्मरसम्म फैलिएको हुन्छ। त्यसैले जनै लगाउनाले विद्युत प्रवाह नियन्त्रित हुन्छ। जसको कारण काम-क्रोधमा नियन्त्रण राख्न सजिलो हुन्छ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment