१३ वर्षकी बालिका बलात्कार गर्ने शिक्षकलाई छाडेको भन्दै प्रहरी निरीक्षकलाई सोधपुछ

तेह्र वर्षकी बालिकालाई एक शिक्षकले बलात्कार गरेको घटनामा दोषीलाई उन्मुक्ति दिएको भन्दै सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक अरुण कुशवाहालाई मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौडाले बोलाएको छ ।

बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेपनि प्रहरी निरीक्षक कुशवाहाले आरोपितसँग आर्थिक लेनदेन गरेर मुद्दा दर्ता नगरेको र पक्राउ परेका शिक्षकलाई बिना कारबाही छाडेको भन्दै पीडित बालिकाका अभिभावकले आरोप लगाएपछि घटना बारेमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयको निर्देशनमा अञ्चल प्रहरी कार्यालय वीरगञ्जले तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment