धुर्मुस-सुन्तलिलाई देश निकाला गर्नुपर्छ ! एक सचेत नेपाली नागरिक यसो भन्छन अवस्य पढ्नुस
एल.बि.श्रेष्ठ /दक्षिण कोरिया। महाभूकम्प गएकाे याे वैशाख महिनाले ठ्याक्कै २ वर्ष पुग्याे। २०७२ सालकाे यहि वैशाखकाे १२ गते महाभुकम्प गएकाे थियाे। १४ वटा जिल्ला त ध्वस्तै भएकाे थियाे। हजाराै मान्छेहरु मरे,हजाराै बेपत्ता,हजाराै घाईते,अपाङ्ग, हजाराै घरवारविहिन,टुहुरा भए।मर्ने त मरेर गए,बाँच्नेकाे जिन्दगि कष्टकर बन्न पुगे।
खानलाई खाना छैन, बस्नलाई बाँस छैन। हरिविजाेगै भयाे।महाभुकम्प पछाडि याे २ वर्षमा ३ फरक अनुहार, फरक पार्टि, फरक सिदान्तका मान्छे प्रधानमन्त्रि भए। राष्ट्रपति फेरिए।उपराष्ट्रपति फेरिए। दर्जनाै दर्जनाै मन्त्रि फेरिए। सचिव फेरिए,कर्मचारि फेरिए।
चिन भ्रमण गरे,भारत भ्रमण गरे।तलवभत्ता बढाए,चिल्लाे गाडिहरु फेरिए। मिटिङ गर्ने पाँच तारे हाेटलहरु फेरिए। विडम्वना,ढलेकाे धरहरा उठेन,गरिवकाे छाप्राे उठेन,भाेकानाङ्गाकाे पेट भरिएन।
भत्केकाे विधालय,अस्पताल,बाटाेघाटाे बनेन, अझैपनि सिन्धुपाल्चाेककाे गाँउतिर खाना नपाएर केटाकेटि,वृद्धवृद्धा मरिरहेछन्। गाेरखाकाे गाँउतिर जाडाेले कठिङ्ग्रिएर ज्यान गुमाईरहेछ। दाेलखाकाे गाँउतिर अाैषधाेपचार नपाएर बिरामि,सुत्केरिहरु मरिरहेछन्।
दक्षिण एसियाकाे दाेस्राे गरिव मुलुक भईसकेका छन्। काठमाडाैमा २४ सै घण्टा सास फेर्न हानिकारक रहेकाे अध्ययनले देखाईसकेकाे छ।तरपनि याे देशकाे काटाे खानेहरु,अझैपनि सुकिला मञ्चमा उभिएर उदघाेष गर्दैछन्:- “याे देश बनाउने जिम्मा म र मेराे पार्टिकाे हाे। याे देश म र मेराे पार्टि बाहेक अरुले बनाउदैन। मलाई भाेट लेउ, याे देशलाई म सिंगापुर बनाउछु।।” वा! रे वा…. धिक्कार छ नालायकहरु तिमिहरुलाई तिमिहरुकाे अनुहारलाई म चरम घृणा गर्छु।
याे गर्छु,त्याे गर्छु, भनेर घाेक्राे सुकाएर कहिल्यै नथाक्ने महासयहरु देश र जनताकाे यस्ताे हालत हुनेसम्म कस्काे बाउकाे टाउकाे कनाईरहेका छाै। जवाफ छ??
चाईनासंग मतपेटिका मागेर, अाैलामा लगाउने मसिधरि भारतसंग मागेर चुनाव गरेर याे देश कायपलट गराउछु, भन्दै भुक्ने नेतृत्वकर्ताहरु तिमिहरु चाेलि र फरिया लगाएर सडकमा नाचेर हिडे हुन्छ। तिमिहरुमा अाैकात त्यहि हाे।
देश बनाउने ठेक्का पाएका ठेकेदारहरु, वरिष्ठ, हाकिमहरु, देशकाे ढुकुटि रिताएर अाफ्नाे पाेल्टाे भर्नमा व्यस्त छन्। महाभुकम्प गएकाे २ वर्ष वित्दा २ वटा ईट्टा ठडाएका छैनन्। देश बनाउने कुनै मतलव छैन। गरिवनिमुखाकाे कुनै चासाे छैन।
याे धुर्मुस सुन्तलिलाई के काे सकसक??
लाखाै रकमकाे तलवभत्ता खाएर, २ वर्षमा सिङ्काे भाँच्न सकेका छैनन्:- याे देशकाे हड्डि चुस्नेहरुले,अनि धुर्मुस सुन्तलि चाँहि दुनियासंग हारगुहार गरेर, रातारात खटेर, ३ महिनामा ५०/६० घर बनाएर हस्तान्तरण गर्नु पर्ने चटाराे किन??
राजनितिकाे नाममा एउटै दाजुभाई फुटाउने,जाति,वर्ग,धर्म अलगाउने, नरपिसाचहरुकाे हैकाम चलेकाे बेला धुर्मुस सुन्तलिलाई हिमाल,पहाड तराई तिनै क्षेत्रमा बस्ति बनाउने चिन्ता किन?
भ्रष्टचारि जेलबाट निस्कदा ६० किलाेकाे मालाले स्वागत गर्ने देश हाे,हाम्राे, ज्यानमुद्धा केशमा अदालतले माेस्ट वान्टेड सुचिमा राखेकाे अपराधिलाई नागरिक अभिनन्दन सहित सम्मान गर्ने देश हाे,हाम्राे।।
याे देचाेर, फटाहा, गुण्डा, अपराधि, नैतिकताहिन, गैरजिम्मेवारहरुकाे हाे। रातदिन खटेर घरवारविहिन गरिवनिमुखाकाे बस्ति बनाउदै हिड्ने, दिनदुखिकाे अाशु पुछ्दै हिड्ने, याे दुखेकाे बेला मलहम पट्टि लगाउदै हिड्ने धुर्मुस सुन्तलिलाई देश निकाला गर्नुपर्छ। आशाका किरण राष्ट्रका सपूत अशल इमान्दार जतिलाइ छानी छानी देश निकाला गर्नुपर्छ।
किनकि याे देशमा अशल मान्छे र भगवान बस्ने वातवरण नै छैन।समय खराबको छ, अहिले त्यही खराब नकारात्मक नीति र प्रबित्ती नै जतासुकै हाबी छ।
(लेखक एक स्वतन्त्र सचेत नागरिक हुनुहुन्छ)

0 comments:
Post a Comment