प्रचण्डलाई असफल बनाउन चौतर्फी घेराबन्दी ! ओलीको समर्थनमा देउवा नयाँ प्रधानमन्त्री

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारले हनिमुन मनाउन नपाउँदै पुन : सरकार परिवर्तनको चलखेल सुरु भएको छ । माओवादी केन्द्र र एमालेको गठबन्धनमा बनेको सरकार ढालेर गत साउन १९ गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको सरकार ढाल्नका लागि सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच गोप्य रुपमा छलफल सुरु भइसकेको छ ।


सत्तारुढ दल नेकमा माओवादी केन्द्र तथा नेपाली कांग्रेसबीच पूर्वसहमतिअनुसार नौ÷नौ महिना सत्ताको नेतृत्व गर्ने सहमति भए पनि नेपाली कांग्रेसले पूर्वसहमति तोड्दै प्रचण्ड नेतृत्वको सरकार ढाल्ने योजनामा लागेको हो । सरकार ढाल्नका लागि नेपाली कांग्रेसलाई एमालेले सघाउने सहमति बनिरहेको उच्च स्रोतको दाबी छ । आफ्नो नेतृत्वको सरकार ढलेपछि माओवादी केन्द्रसंग आक्रामक रुपमा प्रस्तुत भएका एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसलाई सहमतिमा ल्याएर प्रचण्ड नेतृत्वको सरकार ढाल्न र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा बनाउन समर्थन गर्ने वचन दिएपछि कांग्रेसले सरकारलाई असहयोग गर्ने र समयसीमाभन्दा पहिले नै सरकार ढाल्ने योजना बनाएको स्रोतको दावी छ ।
प्रधानमन्त्री प्रचण्डलाई मधेशी दलसंंग सहमति जुटाउन असफल भएको तथा निर्धारित समयमा निर्वाचन गराउन असफल भएको बहानामा सत्ताच्यूत गराउने कांग्रेसको योजना रहेको छ । कांग्रेस र एमालेबीच सरकार ढाल्ने विषयमा भइरहेको छलफलमा एमाले अध्यक्ष ओली तथा नेपाली कांग्रेसका नेता कृष्ण सिटौलासमेत लागेको जनाइएको छ । वर्तमान सरकारको विकल्प खोज्नका लागि बहालवाला मन्त्रीहरूसमेत लागेको माओवादी केन्द्रले आन्तरीक निष्कर्ष निकालीसकेको छ ।

सत्ता समीकरण परिवर्तनका विषयमा भएको बैठकमा केही दिनअघि एमाले अध्यक्ष ओलीको निवासमा पुगेका स्वास्थ्यमन्त्री गगन थापाले मुलुकलाई दुर्घटना हुनबाट जोगाउन वर्तमान सत्ता समीकरणलाई पनि परिवर्तन गर्न तयार हुनुुपर्ने प्रतिक्रिया दिएका थिए । नेपाली कांग्रेसबाट सत्ता समीकरण परिवर्तनको खेलमा जुटेका सिटौला निकट मानिने गगन थापाले समेत एमाले र कांग्रेसबीचमा भएको छलफलमा सहभागिता जनाएका थिए ।

नेपाली कांग्रेस र एमाले सरकार परिवर्तनका विषयमा सहमति नजिक पुगेसागै मधेशवादी दलहरूले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिने योजनामा छ । मधेसी मोर्चाले तिहारलगत्तै सरकार ढल्ने भविष्यवाणी नै गरिसकेको छ ।

वर्तमान प्रधानमन्त्री प्रचण्डले आफ्ना मागहरू पूरा नगरेर आफूहरूलाई झुक्याएको आरोप लगाउदै आएका मधेशवादी दलहरूले सरकारलाई दिएको परिवर्तन फिर्ता लिन लागेका हुन् । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा मधेशी दलहरूका मागहरू पूरा गराइदिने प्रतिबद्धता जनाएपछि मधेशी दलहरूले आफ्नो निर्णयमा पुनः विचार गर्न लागेको स्रोतले जानकारी दिएको छ । यसअघि एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री ओलीसाग रुष्ट बन्दै आएका मधेसवादी दलहरूले प्रधानमन्त्रीको निर्वाचनमा प्रचण्डलाई सहयोग गरेका थिए ।

नेपालमा लामो समयदेखि अस्थिरता कायम गराउन देशीविदेशी शक्तिहरू सक्रिय हुदै आएको नौलो घटना भने होइन् ।  भारतीय चाहनाविपरीत गत वर्ष संविधान निर्माणको प्रक्रिया तथा संविधान जारी भएपछि नेपालमा अस्थिरता फैलाउने प्रयासले अझ तीव्रता पाएको हो । जसकारण विगतमा वर्षमा एकपटक परिवर्तन हुने सरकार निर्माणको प्रक्रियाले गति दिदै वर्षमा दुईदेखि तीन पटकसम्म सरकार परिवर्तन हुने अवस्थाको संकेत देखिन थालेको छ ।

Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment