एजेन्सी – भारतको गुजरातस्थित वडोदरा शहर नजिकै एक पटाका पसलमा आगलागि हुँदा ८ जनाको मृत्यु भएको छ।
त्यहाँको प्रशासनले जनाएअनुसार आगलागिमा परी अन्य ५ समेत घाईते भएका छन्। घाईते मध्ये ४ जनाको अवस्था भने गम्भिर रहेको छ।
शुक्रवार राति तिर लागेको आगो निभाउन झन्डै ४ घण्टा बढी लागेको थियो।
भारतीय संचार माध्यमहरुले जनाएअनुसार जुन पटाका पसलमा आगलागि भएको थियो त्यहाँ अवैध रुपमा पटाका किनबेच भइरहेको थियो।
लागलागिबाट उक्त घर पनि जलेर नष्ट भएको छ। यस्तै आगलागिका कारण अझै सम्म पनि पत्ता नलागेको बीबीसीले जनाएको छ।
मृत्यु हुनेको शव परै जलेर खरानी भएका कारण उनीहरुको पहिचान गर्न समस्या भएको छ।
पटाका पसलमा आगलागि हुँदा ८ जनाको मृत्यु
Reviewed by adas
on
8:52 PM
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment