उफ...अमेरिका!



अमेरिका नेपालीहरूको मात्र नभएर तेस्रो विश्वका धेरै मानिसहरूको निम्ति स्वप्नमहल हो अथवा कल्पवृक्ष हो। र जीवनभरका अभावहरुको पुर्तिगर्ने गर्ने मिठो कल्पनाको बिशाल संसार हो। तर जीवन सधैँ सपनामा देखे जस्तो हुँदैन रहेछ। कल्पना गरे जस्तो यथार्थ भैदिए हाम्रो देशमै हामीले भूस्वर्गको अनुभूति गर्न सक्थियौ। प्रजातन्त्र प्राप्तिपछि बाँडिएका स्विट्जरल्यान्ड र सिङ्गापुरका सपनालाई पनि नेपाली जनताले आफ्ना आँखैमा सजाउन चाहेका हुन। तर, ती सुन्दर कल्पनाका स्वप्नहरू कति छिट्टै तिरोहित भए। हामी नेपालीहरू आफ्नो भाग्य खोज्दै विदेशका दैलो दैलो चाहार्न पुग्यौँ।




हिजो भारतमा र भारतीय कै पछि लागेर बेलायत सम्मको दैलो चाहारेका गोर्खाली नेपालीका सन्तान आज विश्वको कुन देशको दैलोमा पुगेका छैन होला र! आफ्नै देशमा खुशी थिए तर सुख खोज्ने दौडाहामा भाषै नबुझ्ने र नामै नसुनेको देशको बिरानो यात्रा गर्न पनि पछि परेका छैनन् नेपाली। जहाँ गए पनि नेपाली भएर बाच्ने उसको आकाक्षाले उ गौरवान्वित पनि छ तर नेपाली भएर नेपाली समुदाएमा बाच्न गरिएका प्रयास बेर्थ तेसबेला लाग्छ जुन बेला नेपालबाट लिएर आएको आनीबानीले एक अर्कालाई होच्च्याउदै आफ्नै मात्र अस्तित्व देखाउने प्रयासमा एकोहोरो दौडिरहेका नेपालीहरु भेटिन्छन्।




सबै आआफ्ना बाध्यताको साङ्ग्लोले बाधिएर विदेश हुइकिएका हुन्। सबैका समस्या फरक छन् र तिनै समस्या संग जुझ्न, तिनै सर-संगतबाट भाग्न नयाँ देशको नया परिवेशमा नया सोचका साथ् अगाडि बढ्न किन खोज्दैनन् नेपालीहरु?




विदेश आय आर्जनको राम्रो श्रोत मात्रै होइन रिस-राग, छलकपट, ईर्ष्या- डाह, पारिवारिक वा सामाजिक झैँ झगडा र दमन जस्तो परिवेशबाट स्वतन्त्र जीवनको सपना पनि हो। तर 'बर्मा गए कर्म सँगै' नेपाली विदेश बसाइ सर्दा सामाजिक र संस्कृतिका उच्च बिचार नेपालै छोडेर उही खुट्टा तान्ने प्रवृत्ति संगै मध्ययुगीन चिन्तनको डोको र नाम्लो लगाएर संगै आएका छन।




मध्ययुगिन चिन्तनको चपेटामा पर्यो भने मान्छेले न जन्म दिने आमा सम्झन्छ न जिन्दगीभर सुख दुखमा साथ् दिने स्वास्नी सम्झन्छ। जुन देशमा स्वास्नी मान्छे र बालबालिकाको उच्च सम्मान गरिन्छ त्यस्तो मुलुकमा पुग्दा पनि अहम त्याग्न नसक्ने नेपाली मानसिकतालाइ कहिले काही त् आफ्नै ऎनामा हेरेर सलाम गर्न मन लाग्छ। उफ हाम्रो मानसिकता!




भाग्य/दुर्भाग्यले संघर्ष र अफ्ठयारा बाटाहरु पार गर्दै अबसरको देश अमेरिका पुगेकी एक महिलाले साटेको सपना सम्झन्छु। उनले सपनामा देखेको अमेरिका र यहाँ पुगेपछि भोग्न थालेको अमेरिका बिपरित ध्रुब जस्तै हुन। उनको अमेरिका आगमन सुखद संयोग भन्दा पनि तितो यथार्थ थियो। काठमांडू कहिल्यै नटेकेर सोझै गाउबाट अमेरिका झर्ने ले त 'गरि खाका' छन् तर काठमाण्डौ मै हुर्केर अमेरिका झर्दा पनि मरिखा जस्तो भएको छ उनलाइ।




समस्या सबैका छन्। तर समस्याहरु सबैका उस्तै हुदैनन। तर एकले अर्कोको समस्या सुनुदिदा मात्रै पनि राहतको अनुभूति गर्ने मानबिय स्वभाब हुन्छ। हाम्रो रगतमा रहेको यो स्वाभाव अमेरिका प




गेपछि 'डलरको सपना' मै मस्त निन्द्रा खाेज्न तम्सिन्छ।




अमेरिकामा कति नेपाली छन् आधिकारिक रुपमा तथ्यांक कसैसंग पनि छैन। न राजदुताबास, न एनआरएनसँग छ जब तथ्याङ्क नै छैन भने, को नेपाली के गर्दैछन, कसलाई सहायता चाहिएको छ, अथवा नेपाली समुदायलाइ कसरी एकिकृत गरि अघिबढाउने भन्ने कुरा पुछारका तपशिलका कुरा हुन्। कानुनी वा गैर कानुनी रुपमै भए पनि बिदेशी भूमिमा रहेको उ नेपाली हो र उसलाई नेपाल र नेपालीका नाममा खुलेका संस्थाले सहयोगका हात बढाउनु पर्ने हो। तर, कसैलाइ सहयोग गर्नु फाइदाजनक हुन्छ की हुदैन समाजसेवी मष्तिस्कमा फाइदा र बेफाइदा मात्रै धुमीरहेको हुन्छ।




पुर्ण कोहि पनि हुदैन गरेर र परेर नै सबै कुरा सिकिने हो। सत प्रतिशत सबै खराब या सबै असल पनि हुदैन। तर खराबलाई खराब र असललाई असल भन्न सक्ने क्षमाता भने आफुमा बिकशित गर्न सक्नु पर्छ। र यस्तै आचरणले गर्दा नै व्यक्ति, समाज र उसले प्रतिनिधित्व गर्ने देशको प्रगति निर्भर रहन्छ। हामी नेपाली अरुको प्रगतिको देखाशिखी गर्छौ तर बनावटी ढोंग देखाउन। नेपाल हुदै हामीमा उम्रेको यहि बनावटी संस्कार बोकेर हामी बिदेशी भूमिमा छौ। कमसेकम झुठो बोल्न हुदैन र सत्यको साथ दिनु पर्छ भन्ने सस्कार बोकेको अमेरिकामा सत्यको साथ दिने संस्कार हामीले कैले बिकाश गर्ने?




बिदेशमा विदेशीले गर्ने शोषण भन्दा नेपालीले गर्ने शोषणले शोषित वर्ग मृतुशैयामा पुगेका थुप्रै उदाहरण छन्। ति बिषय न बुद्धिजिविको बिचार गर्ने बिषय बन्यो न पत्रकारका कलम नै चल्यो। चल्यो त केवल 'जता मल्कु उतै ढल्कु'। यस बाहेक व्यवसायिकतासंग जोडिएको अमेरिका नेपाल पत्रकार संघ जस्ता संस्था र संस्थामा आबध्द अनलाइन पत्रिकाहरु पनि भाषण गर्ने, अध्यक्ष्यता गर्ने,फलानो/फलानोको उपस्थिति थियो भनेर हाजिरी जनाउने र १० जना मान्छेको उपस्थितिलाई उल्लेख्य भनिदिने। उफ अमेरिका!




हामी नेपालका रहेका सामाजिक सधसँस्थालाइ गाली गर्छौ। तर अमेरिकामा रहेका संग संस्था पनि ब्यक्तिबादी र मागी खाने भाडो भएको छ। खै हामी परिवर्तन भएको?




कागज नभएकाहरुलाई 'म त अमेरिकन नागरिक मैले चाहे भने तिमीहरुलाई डिपोर्ट गर्न सक्छु' भन्ने नेपालीहरु सम्म भेटेकी छु। २/४ जना निरिह नेपाली सामु नेपाली 'उर्फ अमेरिकन' नागरिकले बुर्लुक उफ्रेर मन्चमा गर्ने भाषण र मन्चबाट झरे पछि हामी नेपालीलाई नै गरिने ब्यबहारले झन धेरै पिडा दिन्छ। र, सोच्छु उफ अमेरिका!
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment