काठमाडौं, २८ कात्तिक - आज आइतबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले नेपाल बन्दको आह्वान गरेको छ।
बन्दको आह्वान गरेकाले काठमाडौं उपत्यकासहित देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ। उपत्यकाका चोक चोक तथा भित्रि गल्लीमा सादा पोशाकका प्रहरी पनि खटिएका छन्।
अहिलेसम्म बन्दको प्रभाव नपरेको र गाडी चलाउनेलाई सुरक्षाको व्यवस्था गर्ने प्रहरी प्रवक्ता हेमन्त मल्ल ठकुरीले जानकारी दिए। बन्दको हल्लाका कारण गाडी भने अघिल्ला दिन भन्दा कम चलेका छन्।
यसै क्रममा बाटो बन्द गर्दै हिँड्ने ५० जना भन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंका विभिन्न ठाउँबाट उनीहरुलाई आइतबार बिहानै पक्रेको प्रहरीले जनाएको छ।
Home / news
/ आज विप्लब माओवादीद्धारा नेपाल बन्दको आह्वान, बन्द गराउँदै हिँड्ने ५० जना बिहानै पक्राउ
आज विप्लब माओवादीद्धारा नेपाल बन्दको आह्वान, बन्द गराउँदै हिँड्ने ५० जना बिहानै पक्राउ
Reviewed by adas
on
6:58 PM
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment