काठमाडौं, २८ कात्तिक - काठमाडौं र ललितपुरका केही ठाउँमा आइतबार र सोमबार दिनभर लोडसेडिङ हुने भएको छ।
काठमाडौंको बानेश्वर सवस्टेशनको सर्किट ब्रेकर फेर्नुपर्ने भएकाले दुई दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म १३ घण्टा विद्युत आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण काठमाडौं ग्रीड महाशाखा मिनभवनले जनाएको छ।
महाशाखाका अनुसार बानेश्वर स्टेशनबाट विद्युत आपूर्ति हुने शंखमुल, संसदभवन, धोबिखोला, बागमती, कोटेश्वर, एयरपोर्ट, बानेश्वर, गोठाटार, ललितपुरको लुभू, इमाडोल १ र २ मा विद्युत आपूर्ति बन्द हुने भएको हो।
दिनभरी स्टेशनमा काम चल्ने भएकाले राति भने बत्ती दिन सकिने प्राधिकरणले जनाएको छ।
सवस्टेशन गर्नका लागि काठमाडौं र ललितपुरका केही ठाउँमा आज र भोलि दिनभर लोडसेडिङ -
Reviewed by adas
on
6:46 PM
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment