दरभङ्गा । छठ महापर्वको अन्तिम दिन सोमबार बिहारमा ठूलो दुर्घटना भएको छ । बिहारको दरभङ्गामा रेलको चपेटामा परी ६ जना महिलाको मृत्यु भएको छ । प्रारम्भिक जानकारी अनुसार, यी महिलाहरु छठको पुजा गरेर आफ्नो घर फर्किँदै थिए । मिडियामा प्रकाशित समाचार अनुसार, किशनपुरदेखि रामभद्रपुर स्टेशनतर्फ रेल आइरहेको बेला रेलका पटरी पार गर्दै गरेका महिलाहरु काटिएका हुन ।
रेलको गति निकै बढी रहेको बेला उनीहरुले पटरी पार गर्न खोज्दा दुर्घटना भएको थियो । घटनापछि आक्रोशित स्थानीयवासीले रेलको ट्र्याकमा मृत शरीर राखेर रेलको आवागमनमा बाधा पुर्याएका थिए । यो घटनामा कैयन् घाइते समेत भएको बताइन्छ ।
रेलबाट ६ महिलाको काटिएर मृत्यु
Reviewed by adas
on
3:04 AM
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment