भारतले प्रतिबन्ध लगाएपछि नेपालमा पनि आजदेखि भारतीय पाँच सय र एक हजारको नोट नचल्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारदेखि चलनचल्तीमा भारतीय पाँच सय र हजारको नोटको प्रयोग गर्न नपाइने जनाएको हो ।
भारतीय ५ सय र हजारको नोट कारोबार नहुने राष्ट्र बैंकले जनाएको छ । भारतले नयाँ नीति ल्याएपछि त्यहीअनुसार नेपालले पनि अघि बढ्नुपर्ने हुँदा कारोबार रोकेको राष्ट्र बैंकले जनायो । राष्ट्र बैंकले भारतीय पाँच सय र हजारको नोट भएकाहरुलाई साट्ने व्यवस्था मिलाउने तयारी गरेको छ । तर अहिले नै त्यसबारे राष्ट्र बैंकले कुनै निर्णय गरिसकेको छैन । भारतले जाली नोट तथा भ्रष्टाचार र कालो धन नियन्त्रणका लागि भन्दै मंगलबार मध्यरातदेखि पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाएको हो ।
यस्तो छ राष्ट्र बैंकको परिपत्र
नेपालमा पनि पाँच सय र एक हजारका भारतीय नोटमा प्रतिबन्ध
Reviewed by adas
on
10:31 PM
Rating: 5
Reviewed by adas
on
10:31 PM
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment