अमेरिकी राष्ट्रपति चुनाव:’हिलारीका समर्थकमा रुवाबासी’

(४५ अाैँ अमेरिकन राष्ट्रिपतीय निर्वाचन-२०१६ विशेष)


अमेरिका । अमेरिकामा राष्ट्रपतीय निर्वाचनमा मतगणनामा डेमोक्रेट उम्मेदवार पछि पर्दा उनका समर्थकमा रुवाबासी मच्चिएको छ । पछिल्लो मतपरिणामअनुसार रिपब्लिकन उम्मेदरवार डोनाल्ड ट्रम्प धेरै अगाडि गएका छन् ।



डोनाल्ड ट्रम्प विजय उन्मुख !




अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी हुने सम्भावना बलियो देखिएको छ ।मत परिणाम आउने क्रम जारी छ । र, ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी डेमोक्रेटिक हिलरी क्लिन्टनलाई पछि पारेका छन् । साथै मत गणना भइरहेको निर्णायक मानिएका प्रमुख राज्यहरुमा ट्रम्पले नै अग्रता लिइरहेका छन् । ५० राज्यमध्ये ४१ को मत परिणाम आएको छ । र, ट्रम्पले २४४ इलेक्टोरल भोट जितेका छन् भने हिलरीले २०९ भोट जितेकी छन् ।


लसएन्जलस टाइम्सकाअनुसार एरिजोना, विसकनसिन, मिसिगन र न्यूह्यामशायरमा ट्रम्प अगाडि छन् । हिलरी भने नेवाडा, मिनिसोटा, मेनमा मात्र अगाडि छन् ।

अन्न्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अब एरिजोना, मिसिगन र पेन्सलभेनिया राज्य निर्णायक देखिएको छ । एरिजोनामा ११ र मिसिगनमा १६ मत छ । पेन्सलभेनियामा २० इलेक्टोरल भोट छ ।  र, यी राज्यमा जो विजयी हुन्छ, त्यही उम्मेदवार राष्ट्रपति बन्ने सम्भावना छ ।मिसिकनमा १९८८ पछि  रिपब्लिकन पार्टीका कुनै पनि उम्मेदवारले जित हासिल गर्न सकेका थिएनन् । तर, यो पटक ट्रम्प अगाडि देखिएका छन् ।५३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० भोट चाहिन्छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment