बेरुत, १३ पुस - इस्लामिक स्टेटको बलियो प्रभाव रहेको पूर्वीसिरियाको एक इलाकामा भएको हवाई आक्रमणमा कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ ।
यस आक्रमणमा परी १० बालबालिकासहित २२ सर्वसाधारणको मृत्यु भएको मानवअधिकारवादी समूहले जानकारी दिएको छ । तर यस हवाई आक्रमण रसिया, अमेरिका, टर्की र सिरियासँग आवद्ध रहेको हो, सो भने प्रष्ट भएको छैन् ।
सिरियन ह्युम्यान राइट्सका अनुसार डेइर इजोर को होज्नास्थित भएको यस हवाई आक्रमणमा परी दुई परिवारका सदस्यहरु मारिएका छन् । इराकको सिमानामा रहेका यो प्रान्त होम्सपछिको दोस्रो ठूलो प्रान्त हो ।
तेलको धनी यस प्रान्त प्रायः सबै आइएसको नियन्त्रणमा रहेको र अमेरिकाआवद्ध संयुक्त सेनाले यहाँ बारम्बार कारबाही गर्दै आएको छ ।
सिरियामा आइएसलक्षित हवाई आक्रमण अमेरिका, टर्की, सिरियाली सरकार र सिरियाको उत्तरी प्रान्त अलेप्पोमा रसिया आवद्ध हुने गरेको छ ।
सिरियामा हवाई आक्रमणमा २२ सर्वसाधारणको मृत्यु
Reviewed by adas
on
6:41 AM
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment