प्रहरी भन्छन्-‘ट्याक्सी चालक लामाको मृत्यु मापसेबाट होइन हत्या नै हो’



काठमाडौंको जोरपाटीस्थित नयाँ बस्तीमा ट्याक्सी चालक राजकुमार लामाको मृत्युको रक्सीको कारण नभई हत्या भएको तथ्य खुलेको छ। प्रहरी स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको पोष्टमार्टम गरिँदा रिपोर्टमा मादक पदार्थ सेवन गरेको नदेखिएपछि उनको हत्या भएको निकर्षमा प्रहरी पुगेको हो। यो खबर आजको राजधानी दैनिकबाट लिएका हौ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालको नेतृत्वमा बनेको छानबिन समिति रक्सी खाएको भनिए पनि उनको मृत्यु हत्याबाटै भएको निष्कर्षमा पुगेको हो ।छानबिन समितिका संयोजक एसएसपी खनालले अनुसन्धान टुंगिनसकेको जनाउँदै थप अनुसन्धान भइरहेको र केही शंकास्पद अवस्था आएकाले छानबिन त्यतातिर मोडिएको बताए ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment