साफ फुटबलमा नेपालले श्रीलङ्कालाई हरायो, सपनाले गरिन् गोल

काठमाडौं, १५ पुस - चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई १-० गोल अन्तरले हराएको छ। जितसँगै नेपाल समूह विजेता बनेको छ।

नेपालकी सपना लामाले खेलको ८७ औँ मिनेटमा गोल गरिन्। शुक्रबारको खेलअघि नै नेपाल सेमिफाइनलमा पुगिसकेको थियो।
नेपालले समूह चरणका सबै खेल जितेको छ। आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ८–० गोलअन्तरले पराजित गरेको थियो। माल्दिभ्सविरुद्धको दोस्रो खेलमा नेपालले ९–० को जित हासिल गरेको थियो।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment